५१ स्कूले विद्यार्थीसहितको बस इटालीमा हाइज्याक

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ चैत्र ७, बिहिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत ७, काठमाडौँ । इटालीमा स्कूले विद्यार्थी सवार बस ड्राइभरले हाइज्याक गरेका छन् । इटालीको मिलानमा ५१ जना विद्यार्थी सवार स्कूल बस ड्राइभरले हाइज्याक गरि दुर्घटनामा पारेका हुन् ।

बसमा बन्धक बनाइएका केहीसहित सबै बालबालिकालाई प्रहरीले बसको झ्यालबाट उद्धार गरेको हो । कोही पनि गम्भीर रुपमा घाइते भएका छन् । १४ जनालाई धुवाँले समस्या भएको छ । ड्राइभर ४७ वर्षका इटालियन नागरिक हुन् । उनी सेनेगलबाट इटाली पुगेका हुन् ।

बस हाइज्याक गरेका ड्राइभरले कोही पनि जीवित नरहने बताएका थिए । मिलानका प्रहरी प्रमुख फ्रान्सेस्को ग्रेइकोले भनेका छन्, ‘सबै बालबालिकालाई सकुशल उद्धार गरिएको छ, यो अपूर्व सफलता हो । नरसंहारको डर थियो ।’

बसमा रहेका एक शिक्षकका अनुसार ओसेयनोउ सी नाम गरेका ड्राइभर आप्रवासी सम्बन्धी इटालीको रणनीतिप्रति आक्रोशित थिए । यस्तै भूमध्य सागरमा भइरहेको आप्रवासीको निधनबाट उनी आक्रोशित थिए ।

प्रहरी प्रवक्ता मार्को पाल्मिएरीले भनेका छन्, ‘उ चिच्याएका थिए–सागरमा भइरहेको मृत्युलाई रोक, म नरसंहार गर्दैछु ।’

ड्राइभरविरुद्ध अपहरण, आमहत्याको प्रयाससहितका मुद्दा दर्ता गरिएको इटालीका अधिकारीले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस