विश्व विद्यालयभित्रको दलीय प्रभाव अन्त्य गर्न आवश्यक : शिक्षामन्त्री भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १९, शुक्रबार (३ महिना अघि)
  • ५४ पटक पढिएको
विश्व विद्यालयभित्रको दलीय प्रभाव अन्त्य गर्न आवश्यक : शिक्षामन्त्री भट्टराई

पाैष १९, काठमाण्डाैँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्व विद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्नुपर्ने बताएकी छन् । आज (शुक्रबार) सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले विश्वविद्यालयभित्र दलीय प्रभाव अन्त्य गर्न अत्यन्त आवश्यक रहेको बताएकी हुन् ।

‘विश्वविद्यालयभित्र भएको अहिलेको जुन खालको एउटा दलीय प्रभाव छ, त्यो प्रभावलाई, त्यो दबाबलाई अन्त्य गर्नेगरी यो ऐन बनाउने कुरामा सोचौँ,’ उनले भनिन् । विश्वविद्यालय कस्तो हुने भन्ने त्यसको ऐनमा स्पष्ट हुनुपर्नेमा त्यस्तो नभएको उनले बताइन् ।

‘अराजनीतिक गतिविधिलाई अन्त्य गर्ने हो भने विश्वविद्यालयको स्टाटस के हो त ? कस्तो हुनुपर्छ भन्ने कुरा यो ऐनमा व्याख्या गरौँ । जुन कुरा यो ड्राफ्टमा आएको छैन,’ उनले भनिन् । अहिलेको ड्राफ्टमा नआएको भए पनि समितिले छलफल गरेर अघि बढाउनसक्ने मन्त्री भट्टराईले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस