बीमाको सहारा बिना यात्रा असम्भव छ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८१ पौष २०, शनिबार (३ महिना अघि)
  • २७२ पटक पढिएको
बीमाको सहारा बिना यात्रा असम्भव छ

जोखिमले घेर्छ जीवन, सुरक्षा अनिवार्य छ,
भविष्य बचाउन बीमा नै अत्यावश्यक छ।

सपना सजाउँदै हिंड्ने जीवनको बाटोमा,
बीमाको सहारा बिना यात्रा असम्भव छ।

आजको केही लगानी भोलिको ढाल बन्दछ,
बीमा भनेको परिवारको रक्षा अनिवार्य छ।

अप्रत्याशित समयले कहिले के ल्याउँछ,
बीमा बिना शून्यजस्तै सम्पत्ति बञ्चित छ।

जीवनलाई अर्थ दिने भरोसाको चिन्ह हो,
बीमाले ल्याउने शान्ति साँच्चै अमूल्य छ।

आफ्नो र परिवारको खुसीको लागि सोच,
बीमा गरेपछि मात्र भविष्य सुनिश्चित छ।

-सम्झना श्रेष्ठ

 

ताजा अपडेट

खोजी गर्नुहोस