पौष २१, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला दुई हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।