देउवाको अरुचीले सरकार सहमती अनुसार नै जाने संकेत, अर्थमा पौडेलको निरन्तरता पक्का

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २१, आईतबार (३ महिना अघि)
  • १४९५ पटक पढिएको
देउवाको अरुचीले सरकार सहमती अनुसार नै जाने संकेत, अर्थमा पौडेलको निरन्तरता पक्का

पुस २१,काठमाडौँ । नेपाली शेयर बजारलाई सुखद समाचार छ । पछिल्लो समय सरकारको निरन्तरतालाई लिएर आम लगानीकर्तामा डर पैदा भैरहदा सरकारमा रहेका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनलाई निरन्तरता दिने कांग्रेस सभापति शेरबहादुर देउवाको अडान र सरकार हेरफेरमा देउवाको अरुचीले प्रधानमन्त्री केपि शर्मा ओलीलाई कम्फर्टेबल महशुस भएको छ । केहि दिन अघि मात्रै कांग्रेस सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा निकटस्थहरुसंग सरकारलाई निरन्तरता दिनपर्ने र सहमतीमा कांग्रेसले इमान्दारिता देखाउनुपर्नेमा जोड दिएका हुन् ।

देउवाले केपी ओलीले यसपाली सहमतीलाई इमान्दारितापुर्वक पालना गर्ने वचनबद्धता देखाएको पनि बताउन थालेका छन् । नेपाली राजनीतिमा ओलीलाई राजनीतिक इमान्दारिता पालना नगर्ने नेतृत्वका रुपमा हेरिन्छ । देउवाको मौन समर्थनले ओलीलाई सत्ता टिकाउन सहज हुने देखिएको हो । यसो त ओलीले अहिलेको राजनीतिक समझदारीलाई कार्यन्वयन गरेर अघि बढ्ने सार्वजनिक रुपमै बोल्दै आइरहेका छन् । उनले सहमती अनुसार नै कांग्रेसलाई नेतृत्व सुम्पन तयार रहेको बताउदै आइरहेका छन् । यही कारणपनि देउवाले ओलीको विश्वास गरेर अहिलेको सरकारलाई सहमतीको समयसम्मै चल्न दिने मनस्थिती बनाएको स्रोत बताउछ ।

अर्थमा विष्णु पौडेल नै निरन्तर

केही समयअघि सरकारका मन्त्री हेरफेरको कुरालाई लिएर पनि शेयरबजारमा नकारात्मक सन्देश पैदा भैरहेको थियो । पछिल्लो समय केही मन्त्रीको हेरफेरको प्रयास गरिएपनि अर्थमन्त्री विष्णु पौडेलको पद भने जोगिने उच्च स्रोतले बताएको छ । अर्थमन्त्री पौडेलले नीतिगत सुधार र अहिलेको मन्द अर्थतन्त्रलाई माथी उठाउन प्रयास गरिरहेका छन् । पौडेललाई मन्त्रीमै कायम राख्न पुर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले ओलीलाई मुखै खोलर भनेको निकटस्थहरु बताउछन् ।

एमालेमा गुट व्यवस्थापन गर्न पनि ओलीले पौडेललाई निरन्तरता दिनु बाध्यता रहेको बताइन्छ । पौडेल अर्थमन्त्रीमा रहदा शेयरबजारलाई ग्रिन सिग्नल दिने विगतको नजिरले देखाएपनि यसपाली त्यसो हुन सकेको छैन् । प्रधानमन्त्री  ओलीले शेयरबजार अल टाइम हाई बनाएर केक काट्ने सार्वजनिक भाषण गरेपनि त्यस्तो मौका आएको छैन् । पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ । सरकारको स्थायित्वको शंकालाई लिएर मार्केट माथी उकालो लाग्न सकिरहेको छैन् । बजारलाई पुस मसान्तको कारोबारले पनि प्रभावित तुल्याएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस