एमाले केन्द्रीय समिति बैठक जारी, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष २१, आईतबार (३ महिना अघि)
  • ४७ पटक पढिएको
एमाले केन्द्रीय समिति बैठक जारी, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै

पौष २१, काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना,पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस