माओवादी केन्द्रले तराई–मधेसमा जागरण अभियान चलाउने

माओवादी केन्द्रले तराई–मधेसमा जागरण अभियान चलाउने

पाैष २२, काठमाण्डाैँ ।  प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेदेखि एक महिना तराई-मधेस जागरण अभियान चलाउने भएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक महिने तराई-मधेस जागरण अभियान चलाउने जानकारी गराए ।

बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व–पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रस्ताव राखेको जानकारी दिए । साथै उपत्यका विशेष अभियान चलाउने धारणा राखेको पनि बताए । केन्द्रीय कमिटी बैठकमा पार्टी एकता र बृहत् वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरूसित एकताका लागि पहल गर्ने प्रस्ताव आएको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस