पाैष २२, काठमाण्डाैँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।
हिजोदेखि शुरू भएको बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरू हुने छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्नेछन् ।