जस्मिन पेन्ट्स लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २२, सोमबार (३ महिना अघि)
  • ५७ पटक पढिएको
जस्मिन पेन्ट्स लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त

पौष २२, काठमाण्डौँ । जस्मिन पेन्ट्स लिमिटेडले प्रति शेयर अंकित मुल्य रु.१००÷– दरका ५,००,००० कित्ताले हुन आउने रकम रु.५,००,००,०००÷– (अक्षरुपी पाँच करोड मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त क्रममा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष श्री लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस