नेपाल मुद्रा विप्रेषक संघको १९औं वार्षिक साधारण सभा सम्पन्न, रितेश मित्तलको नेतृत्वमा नया कार्य समिति चयन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २२, सोमबार (३ महिना अघि)
  • ४८ पटक पढिएको
नेपाल मुद्रा विप्रेषक संघको १९औं वार्षिक साधारण सभा सम्पन्न, रितेश मित्तलको नेतृत्वमा नया कार्य समिति चयन

पौष २२, काठमाण्डौँ । नेपाल मुद्रा विप्रेषक संघको १९औं वार्षिक साधारण सभा २०८१ पौष १८ मा शंकर होटेल काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन कार्यसमिति सदस्य संजिव पाठकले गरेका थिए भने स्वागत मन्तब्य पूर्वअध्यक्ष सुमन पोखरेललेले राखेका थिए । त्यसैगरी पूर्व अध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा आफु र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अध्यक्ष टण्डनलेले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस