एमाले केन्द्रीय कमिटी बैठक आज समापन गरिने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष २३, मंगलबार (३ महिना अघि)
  • ४४ पटक पढिएको
एमाले केन्द्रीय कमिटी बैठक आज समापन गरिने

पौष २३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम आज पनि जारी रहने भएको छ ।

बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ । आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि आजै बैठक समापन गर्ने पार्टीको तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस