चीनको तिब्बतमा भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ पौष २३, मंगलबार (३ महिना अघि)
  • ६६ पटक पढिएको
चीनको तिब्बतमा भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु

|

पौष २३, काठमाडौँ । चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । सीजीटीएनले उक्त धक्का ७.१ म्याग्निच्युडको भएको जनाएको छ ।

केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा उक्त भूकम्प गएको हो । नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । प्रहरीले क्षतिबारे बुझ्ने काम भइरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस