पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २४, बुधबार (३ महिना अघि)
  • १८ पटक पढिएको
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

पौष २४, ताप्लेजुङ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिनुभयो । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस