धादिङ उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष उम्मेदवार भण्डारीको चुनावी घरदैलो बढ्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २४, बुधबार (३ महिना अघि)
  • १८३ पटक पढिएको
धादिङ उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष उम्मेदवार भण्डारीको चुनावी घरदैलो बढ्दै

पौष २४, धादिङ । धादिङ उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको माहोल तातिरहेको छ । ३ बर्षपछि हुन लागीरहेको चुनावमा अहिले बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी चुनावी मैदानमा छन् । चुनाव यहि पौष २६ र २७ गते धादिङबेसीमा हुँदैछ । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको अध्यक्ष हुने विधानले व्यवस्था गरेअनुसार रोहित भण्डारी यो पटक वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

धादिङ उद्योग बाणिज्य संघमा १४ वर्षदेखि निरन्तर प्रत्यक्ष रुपमा संलग्न रहेका भण्डारी अहिले चुनावी माहोल बढाउन बिभिन्न पालिकामा संलग्नता बढाईरहेका छन् । रोहित भण्डारीलाई यसअघिका अध्यक्षहरुले पनि साथ दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस