यूरो छनोट : नेदरल्यान्ड्सको फराकिलो जित, बेलारुस ४-० ले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र ८, शुक्रबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत ८, काठमाडौँ । यूरो कप छनोट अन्तर्गत समूह ‘सी’ को खेलमा नेदरल्यान्ड्सले बेलारुसलाई ४-० ले पराजित गरेको छ । डच टोलीको जितमा मेम्फिस डिपेले दुई गोल गर्दै अन्य दुई गोलमा अवसर सिर्जना गरे ।

डिपेले खेलको १ मिनेटमै गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। त्यसपछि २१ औं मिनेटमा जिनी वाइन्यालडमले दोस्रो गोल गरे । पहिलो हाफमा नै २ गोलको अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा २ गोल थप्यो

डिपेले ५५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै ३-० को अग्रता दिलाए । लिभरपुलबाट व्यावसायिक फुटबल खेल्दै आएका डिफेन्डर भर्जिल भ्यान डाइकले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै ८६ औं मिनेटमा गोल गरे । खेलमा दुई गोल गरेका डिपेले नै अन्य दुई गोलमा अवसर दिलाएका थिए ।

समूह ‘सी’ कै अन्य खेलमा उत्तर आयरल्यान्डले इस्टोनियालाई २-० ले पराजित गर्यो।

ताजा अपडेट

खोजी गर्नुहोस