शेयर बजारको ६ दिनको उकालो यात्रा ब्रेक, नेप्से दोहोरो अंकले घट्दा कारोवार कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २५, बिहिबार (३ महिना अघि)
  • ५३ पटक पढिएको
शेयर बजारको ६ दिनको उकालो यात्रा ब्रेक, नेप्से दोहोरो अंकले घट्दा कारोवार कति ?

पौष २५, काठमाडौँ । ६ दिनको उकालो यात्रा पछि आज सेयर बजारमा करेक्सन आएको छ ।

साताको अन्तिम कारोबार दिन बजार दोहोरो अंकले घटेको हो । बुधवार ६.३८ अंक, मंगलबार ६.१६ अंक, सोमबार ४९.१२ अंक र गत आइतबार ४.६३ अंक ले बढेको थियो । आज बजार १८.१९ अंक घटेको हो । आज बजार परिसूचक २ हजार ६३५.०९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज होटल तथा पर्यटन समूह ६६.२९ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् । बजार घटेपनि कारोबार रकममा भने बढोत्तरी देखिएको छ । आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

# शेयर बजार

 

ताजा अपडेट

खोजी गर्नुहोस