विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष २६, शुक्रबार (३ महिना अघि)
  • ६३ पटक पढिएको
विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल

पौष २६, काठमाण्डौँ । नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ । नेपाल सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकि हुन् ।

नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री डा देउवाले इजिप्ट सरकार समक्ष सो आग्रह गरिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस