पाैष २७, काठमाण्डाैँ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले निर्देशक रामप्रसाद भट्टराईलाई निलम्बन गरेका छन् । स्काउटका प्रमुख आयुक्त रन्जितले प्रमुख आयुक्तस्तरीय निर्णय गर्दै बिहीबार तीन महिनाका लागि निलम्बन गरेका हुन् ।
बैठकमा छलफलै नभएको विषयमा नेपाल स्काउटलाई दीर्घकालीन आर्थिक भार पर्नेगरी विभिन्न व्यक्तिलाई राष्ट्रिय परिषद् बैठकको निर्णयको हवाला दिई नियुक्ति गरेकाले उनलाई निलम्बन गरिएको हो । निर्देशक भट्टराईले अधिकृतस्तरमा दुई जनालाई चार वर्ष र कार्यालय सहयोगीमा एक जनालाई एक वर्ष आफूखुशी नियुक्त गरी नियुक्ति पत्र उपलब्ध गराएको प्रमुख आयुक्त रन्जितले बताए ।