आज रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २८, आईतबार (३ महिना अघि)
  • ४६ पटक पढिएको
आज रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित हुँदै

पौष २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।

त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुन सकेनन्।
जिल्ला प्रहरी कास्कीको हिरासतवाट मुक्त भए पनि हिजो साँझ अबेर मात्रै काठमाडौं आइपुगेकाले उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् ।

‘आइतबार भने उहाँ स्वयं जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनु हुनेछ,’ उनले जानकारी दिँदै भनिन् । थप रूपमा कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस