इन्जिनियरविरुद्ध झण्डै पाँच करोड भ्रष्टाचारको मुद्दा दायर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २८, आईतबार (३ महिना अघि)
  • ५२ पटक पढिएको
इन्जिनियरविरुद्ध झण्डै पाँच करोड भ्रष्टाचारको मुद्दा दायर

पौष २८काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै पाँच करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले आज उनीविरुद्ध चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ ५४ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

३० असार २०४६ मा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठको ३१ असार २०७७ सम्मको सम्पत्ति आयोगले जाँच गरेको थियो । उनीसँग कुल १६ करोड १३ लाख ०५ हजार पाँच सय २८ रुपैयाँ बराबरको सम्पत्ति देखिएको त्यसमध्ये चार करोड ८८ लाख भ्रष्टाचारबाट आर्जन गरेको अख्तियारको अभियोग छ । आयोगले सम्पत्ति जफतका लागि उनकी पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई समेत प्रतिवादी बनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस