कुमारी बैंकले बोलायो साधारण सभा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २८, आईतबार (३ महिना अघि)
  • ५३ पटक पढिएको
कुमारी बैंकले बोलायो साधारण सभा

पौष २८, काठमाडौँ । कुमारी बैंकले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । २६ पुसमा बसेको बैंक सञ्चालक समिति बैंठकले २१ माघमा बैंकको साधारण सभा आह्वान गरेको हो ।

सञ्चित नोक्सानीमा रहेका कारण कुनै लाभांश प्रस्ताव नगरेको बैंकले साधारण सभा प्रयोजनका लागि ११ माघमा सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । बैंकले वार्षिक साधारण सभामा सञ्चालक समितिको २०८०र८१ वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव लैजाने छ । त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहित २०८०र८१ को वार्षिक आर्थिक विवरण २०८१ असार मसान्तसम्मको वासलात, २०८०र८१ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूची पारित गर्ने बैंकले जनाएको छ ।

यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेड र केबीएल सेक्युरिटिज लिमिटेडको २०८०र८१ को वित्तीय विवरण सहित एकीकृत वित्तीय विवरण पारित गर्ने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस