पौष २८, काठमाडौँ । हरेक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस अन्तर्गत यस वर्षको मूल समारोह कीर्तिपुर नगरपालिकामा आयोजना हुने भएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूकम्पले सिकाएको पाठ बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ भन्ने नाराका साथ यस वर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाउन लागिएको जनाएको हो ।