कर्जाको ब्याजदर घट्ने सिलसिला निरन्तर, कुन बैँकको कति सस्तियो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २८, आईतबार (३ महिना अघि)
  • ६१ पटक पढिएको
कर्जाको ब्याजदर घट्ने सिलसिला निरन्तर, कुन बैँकको कति सस्तियो ?

पौष २८, काठमाडौँ । कर्जाको ब्याजदर घट्ने सिलसिला निरन्तर चलिरहेको छ । एक वर्षको अवधिमा नै झन्डै तीन प्रतिशत बिन्दुले कर्जाको ब्याजदर घटेको छ । वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर ९ प्रतिशत बिन्दुबाट तल झरेको छ ।

नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको आँकडाले र्यस्तो देखाएको हो । गत मंसिरमा बैंकहरुको कजाको औसत ब्याजदर ८.९० प्रतिशत कायम भएको छ । यो गत वर्षको मंसिरको तुलनामा भने २.९५ प्रतिशत कमी हो । गत वर्ष सोही महिनामा भने यस्तो ब्याजदर ११.८५ प्रतिशत थियो ।

विकास बैंकको कर्जाको ब्याजदर सस्तिएको छ । एकै वर्ष ३.१३ प्रतिशत बिन्दुले घटेर १०.२६ प्रतिशत कायम भएको छ भने वित्त कम्पनीको कर्जाको ब्याजदर पनि २.८२ प्रतिशत घटेर ११.४८ प्रतिशतमा झरेको छ । गत वर्षको मंसिरमा विकास बैंक र वित्त कम्पनीको कर्जाको औसत ब्याजदर क्रमशः १३.७० प्रतिशत र १४.४८ प्रतिशत थियो ।

हाल बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । लगानीका लागि बैंकहरुसँग टन्नै पैसा छ । तर, कर्जाको माग भने न्युन छ । कर्जाको माग नबढ्दा नै यसको ब्याजदर निरन्तर घटीरहेको छ । बैंकहरुमा लगानीयोग्य रकम फालाफाल हुँदा पनि उद्योग, व्यवसायी र अन्य क्षेत्रबाट कर्जाको माग नै कम छ । तर, निक्षेप भने लगातर थुप्रिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस