पाँच वर्षमा कृषि मन्त्रालयबाट १ खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २८, आईतबार (३ महिना अघि)
  • ५५ पटक पढिएको
पाँच वर्षमा कृषि मन्त्रालयबाट १ खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह

पौष २८, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको जनाएको छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अनुदान लैजाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्मको नाम सार्वजनिक गर्दै १ खर्बभन्दा माथि अनुदान प्रवाह भएको जनाएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यस अवधिमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएको जानकारी दिए । प्रत्यक्षतर्फ कृषि सहकारी र समूहलाई २० अर्ब ३० करोड ३० लाख १४ हजार अनुदान उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । अप्रत्यक्षतर्फ अनुदानित रासायनिक मल ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ अनुदानमा वितरण भएको मन्त्री अधिकारीले जानकारी दिए ।

उनले कृषि अनुदान दुरुपयोग गरिएको भेटिए कारबाहीको दायरामा ल्याइएको स्पष्ट पारे। मन्त्री अधिकारीले आम जनता, सञ्चार माध्यमलाई अनुदान रकमको प्रयोगका बारेमा खोज्न र जान्न पनि आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस