प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै, अध्यादेशका विषयवस्तु सार्वजनिक गरिने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ २, बुधबार (३ महिना अघि)
  • ४४ पटक पढिएको
प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै, अध्यादेशका विषयवस्तु सार्वजनिक गरिने

माघ २, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन डाकेका छन् । ओलीले आज सरकारले ल्याएको अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

पत्रकार सम्मेलन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा हुनेछ । सरकारले पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो । जसमध्य राष्ट्रपति कार्यालयले सोमबार सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संसोधन अध्यादेश, निजीकरण पहिलो संसोधन अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस