समाजवादी मोर्चाको बैठक सुरु

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ माघ २, बुधबार (३ महिना अघि)
  • ६० पटक पढिएको
समाजवादी मोर्चाको बैठक सुरु

माघ २, काठमाडौँ । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा यो मोर्चा निष्क्रिय थियो । उनी सत्ताबाट बाहिरिएपछि भने पुनः सक्रिय हुन लागेको हो ।

२०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपा र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए । पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने मोर्चामा छैन । समाजवादी मोर्चाको बैठकअघि बिहान सिंहदरबारमा प्रतिपक्षी दलका नेताहरुको बैठक बसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस