सामाजिक अभियान्ता नामले कहलिएकी आशिका तामाङ पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २, बुधबार (३ महिना अघि)
  • ५६ पटक पढिएको
सामाजिक अभियान्ता नामले कहलिएकी आशिका तामाङ पक्राउ

माघ २, काठमाडौँ । सामाजिक अभियान्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई आज दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।

तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको बताइएको छ । तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको थियो । प्रहरी वृत्त गौशालाबाट उनीमाथि अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस