यो वर्ष नेपाल बैंकका सेयरधनीको हात खाली हुने, लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २, बुधबार (३ महिना अघि)
  • ५० पटक पढिएको
यो वर्ष नेपाल बैंकका सेयरधनीको हात खाली हुने, लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय

माघ २, काठमाडौँ ।  नेपाल बैंक लिमिटेडका सेयरधनीहरुको हात यसपाली रित्तो ह्ुने भएको छ । बैंकले गत आवका लागि लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरुको हात खाली हुने भएको हो ।

पुस २९ गते साँझ ६ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको थियो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने साथै लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

# नेपाल बैंक #लाभांश

ताजा अपडेट

खोजी गर्नुहोस