''शिक्षाको लागी भिक्षा अभियान''

धादिङको बेनिघाट रोराङ गाउँपालिकाले लगाउने बृहत् भागवत सप्ताह ज्ञान महायज्ञको प्रचार तिब्र

धादिङको बेनिघाट रोराङ गाउँपालिकाले लगाउने बृहत् भागवत सप्ताह ज्ञान महायज्ञको प्रचार तिब्र

माघ २, बेनिघाट । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले लगाउने भागवत सप्ताह ज्ञान महायज्ञको प्रचार अहिले तिब्र रुपमा भईरहेको छ । बेनिघाट रोराङ ७ चरौँदीमा श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गर्न लागीएको हो । आवासीय विद्यालय सञ्चालनका लागि कोष खडा गर्न बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको हो । गाउँपालिकाको आयोजनामा माघ १७ गतेदेखि २३ गते सम्म महायज्ञ हुनेछ ।

बेनीघाट रोराङ रोराङ गाउँपालिकाको शैक्षिक सुधार र समतामुलक शैक्षिक पहुँचलाई केन्द्रमा राखी अघि बढीरहेको र वडा नम्बर ८ मा सात वटा विद्यालयलाई एकिकृत गरि कालिका आवासिय विद्यालय सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले बताए ।

उच्च कुपोषण भोकमरी र बालबालिकाले विद्यालय छाड्ने दर जस्ता चनौतिसँग जुधिरहेको यस बेनघिाट रोराङ गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार र समतामुलक शैक्षिक पहुँचलाई केन्द्रमा राखी अगाडी बढीरहेको छ । कुपोषण र भोकमरीको अन्त्य, गुणस्तरीय शिक्षामा समतामुलक पहुँचको सुनिश्चितताको लागि महायज्ञ आयोजना गरिएको हो ।

परम्परागत सोच र सोही बमोजिम अवलम्बन गरिएका कार्यशैलीले नतिजा दिन सक्ने अवस्था नरहेकाले फरक ढंगको सोचका साथ रणनितिक रुपमा स्रोत व्यवस्थापनको विकल्प खोजीनुपर्ने निष्कर्ष सहित कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

राधिका दासीको मुखारविन्दबाट कथा वाचन हुने छ । कार्यक्रममको मुल समारोह समिति, उपसमिति र वडास्तरीय सहजीकरण समिति निर्माण भई काम तयारीको काम भइरहेको छ ।

#बृहत् भागवत सप्ताह ज्ञान महायज्ञ

ताजा अपडेट

खोजी गर्नुहोस