माघ ३, काठमाण्डौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना छ ।
पश्चिमी वायुको प्रभावले सुदूर र कर्णालीसँगै गण्डकी र लुम्बिनीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थान, गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणाली देशको पश्चिम क्षेत्रमा भित्रिएको हो ।
#मौसम