यस वर्षको एसइई परीक्षा चैत ७ देखि सञ्चालन हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ३, बिहिबार (३ महिना अघि)
  • ५९ पटक पढिएको
यस वर्षको एसइई परीक्षा चैत ७ देखि सञ्चालन हुने

माघ ३, काठमाण्डौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तथा ग्रेडवृद्धि परीक्षा आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ ।
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत ७ गते बिहीबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने उनले बताए । दोस्रो दिन चैत ८ गते शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ। सोही दिन गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजी इलेक्टिभ इङ्लिसको परीक्षा हुने जनाइएको छ ।

चैत १० गते आइतबार अनिवार्य गणित, चैत १२ गते मङ्गलबार अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षा र सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ र मदरसातर्फका ऐच्छिक विषयका परीक्षा सञ्चालन हुनेछ ।

#एसइई परीक्षा

ताजा अपडेट

खोजी गर्नुहोस