इजरायल र हमासबीच युद्धविरामको सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ३, बिहिबार (३ महिना अघि)
  • ५७ पटक पढिएको
इजरायल र हमासबीच युद्धविरामको सहमति

|

माघ ३, काठमाडौँ । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ ।
यसको अर्थ विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको छ ।

अमेरिकाको बर्हिगमन जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनको बर्हिगमनको क्रममा रहेको प्रशासनले दबाब बढाएपछि युद्धविरामले अन्तिम रुप लिएको हो । दुवै पक्षले युद्धविराम प्रस्तावमा हस्ताक्षर गर्दै गाजा युद्धविराम र बन्धक रिहाई सहमति भएको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस