माघ ३, काठमाण्डौँ । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन बढे पनि कर्जा प्रवाह उल्लेख्य बढ्न सकेको छैन । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५३ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।
यता वाणिज्य बैंकहरुको मात्रै कुरा गर्ने हो भने निक्षेप संकलन ५९ खर्ब नाघेको छ । यही मंसिर १६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा ५९ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कर्जा प्रवाह भने ४७ खर्ब ७४ अर्ब रुपैयाँ भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर पैसा तानिरहेको छ । बैंकले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामै बैंकिङ प्रणालीबाट १२ खर्ब भन्दा बढीको तरलता प्रशोचन गरेको छ ।