माघ ३, काठमाण्डौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले अंकित मूल्य एक सय रूपैयाँको आधारमा सेयर जारी गर्ने अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा साधारण सेयरको १० प्रतिशत, अर्थात २ लाख २५ हजार कित्ता सेयर, अंकित मूल्य १०० रुपियाँ प्रतिकित्ताको दरले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका इच्छुक नागरिकहरूले माघ ८ गतेदेखि २२ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयर खरिदको मागसहित आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।