मौसम पूर्वानुमान

मौसम पूर्वानुमान : देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षा हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ७, सोमबार (३ महिना अघि)
  • ६० पटक पढिएको
मौसम पूर्वानुमान : देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षा हुँदै

माघ ७, काठमाण्डौँ । काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा दिउँसो र राति आंशिक बदली रहने सम्भावना रहेको छ भने तराईका भूभागमा मुख्यतः सफा रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का हिमपात हुने सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा पनि हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा बिहान आंशिक बदली रहनेछ भने दिउँसो र राति क्रमशः मौसम सफा हुँदै जानेछ । उपत्यकामा सामान्य तापक्रम रहने अपेक्षा गरिएको छ, तर बिहान र बेलुकी चिसो बढी हुने भएकाले न्यानो कपडा प्रयोग गर्न सुझाव दिइएको छ ।

#मौसम पूर्वानुमान

ताजा अपडेट

खोजी गर्नुहोस