‘जनतालाई १८ घण्टा अध्यारोमा राखेर दिइएको विद्युतको महशुल तिर्नुपर्छ’ : कुलमान घिसिङ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ७, सोमबार (३ महिना अघि)
  • ३८ पटक पढिएको
‘जनतालाई १८ घण्टा अध्यारोमा राखेर दिइएको विद्युतको महशुल तिर्नुपर्छ’ : कुलमान घिसिङ

माघ ७, काठमाण्डौँ । दैनिक १८ घण्टासम्मको लोड सेडिङ अन्त्य गर्न आफुलाई उपभोक्ताले ठूलो सहयोग गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । २०७३ सालको तिहारदेखि काठमाडौंलाई लोडसेडिङ मुक्त गरेसँगै २ वर्षभित्रै देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा आफुलाई उपभोक्ताले ठूलो साथ दिएको उनले जिकीर गरे ।

शनिबार नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरागरी विदा भएका विद्यार्थीहरुलाई संवोधन गर्दै कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले विद्युत प्रयोग गर्ने बानी व्यवहार परिवर्तन गरेकाले आफु लोडसेडिङ हटाउन सफल भएको बताए । ‘उपभोक्ताको मागलाई कसरी म्यानेज गर्ने, उपभोगको शैली कसरी सुधार गर्ने कसैले सोचेकै थिएन । मैले एक नम्बरमा उपभोक्ताको व्यवहार र उपभोगको शैलीलाई परिवर्तन गरे । उपभोक्ताले पनि साथ दिनुभयो, त्यसपछि म सफल भए ।’ लोडसेडिङ एकै पटक अन्त्य गर्न नसकिने अवस्थामा आफुले काठमाडौंबाट सुरुवात गर्दा देशभरका जनताले साथ दिएको उनको जिकीर छ ।
कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौदाको विषय जनतालाई दैनिक १८ घण्टासम्म अन्धकारमा राखेर उद्योगहरुलाई दिइएको विद्युत भएको बताउँदै उक्त विद्युत उपभोगको रकम तिर्नैपर्ने बताए । ‘जनतालाई लोड सेडिङमा पारेर तत्कालिन म्यानेजमेन्टसँग पनि मिलेर उद्योगीले २० घण्टा २४ घण्टासम्म विद्युत उपभोग गरेको पैसा नतिरेको आज मात्र हैन त्यो बेलादेखि नै लिन खोजेको हो । विचमा उहाँहरुले धेरै अदालत र मुद्दा गर्नुभयो । त्यो लिनुपर्छ ।’ उनले भने ।

लोडसेडिङको समय एउटै उद्योगलाई ४० मेगावाट सम्म सप्लाई हुने गरेको जिकीर गर्दै कार्यकारी निर्देशक घिसिङले ४० मेगावाट विद्युतले ४० वटा पहाडी जिल्लालाई पुग्ने दावी गर्नुभयो । ‘४० मेगावाट एउटै उद्योगमा सप्लाई हुन्थ्यो । ४० मेगावाटले १० वटा जिल्लालाई पुग्छ । बेलुकाको टाइममा एउटै उद्योगले ४० मेगावाट चलायो भने १० वटा जिल्ला अन्धकार हुन्छ ।’ पहाडी जिल्लामा ४ मेगावाट पनि खपत नहुने घिसिङ भन्छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस