माघ ७, काठमाडौँ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत त्रैमासको तुलनामा ९२.०३ प्रतिशतले नाफा घटेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको सञ्चालन मुनाफा ९०.४० प्रतिशत घटेका कारण बैकको नाफामा असर गरेको देखिन्छ।
बैंकको १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी र जगेडा कोषमा १४ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
यो अवधिसम्ममा गत वर्ष बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा उल्लेख्य घटे रिपोर्टमा देखिन्छ। बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ४.।७२ प्रतिशत, कुल सञ्चालन आम्दानी १५.०३ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ४८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ पुगेको छ।
नाफासँगैबैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५६ पैसा घटेर २ रुपैयाँ ३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८५.११ गुणा रहेको छ। भने बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।