प्रभु बैंकको सञ्चालन मुनाफा ४५.९५ प्रतिशतले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ ७, सोमबार (३ महिना अघि)
  • ६१ पटक पढिएको
प्रभु बैंकको  सञ्चालन मुनाफा ४५.९५ प्रतिशतले बढ्यो

माघ ७, काठमाडौँ ।  प्रभु बैंकको सञ्चालन मुनाफा ४५.९५ प्रतिशत बढेको छ। सञ्चालन मुनाफा बढेपछि बैकको नाफामा पनि उलेख्य सुधार देखिएको छ । बैंकले  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८५.४९ प्रतिशत खुद नाफामा वृद्धि गरेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी र जगेडा कोषमा १० अर्ब ५४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १७.१८ प्रतिशत र कुल सञ्चालन आम्दानी ११.१० प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा झरेको छ।  बैंकको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात १९.३६ गुणा रहेको छ। यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस