पचास लाख धरौटी बुझाएर रिहा भए पूर्वडीआईजी छविलाल जोशी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ८, मंगलबार (३ महिना अघि)
  • ५७ पटक पढिएको
पचास लाख धरौटी बुझाएर रिहा भए पूर्वडीआईजी छविलाल जोशी

माघ ८, काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशी रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी रू ५० लाख बैंक ग्यारेन्टी बुझाएर सोमबार रिहा भएको जानकारी दिए । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रू ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने कास्की अदालतबाट रू ६५ लाख र काठमाडौँ जिल्ला अदालतबाट रू ६० लाख बैंक ग्यारेन्टी बुझाएर छुटिसकेका छन् । उनीहरूविरुद्ध अझै रूपन्देही, चितवन र पर्सामा पनि सहरकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस