माघ ८,काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजन केसीले अध्यादेशमार्फत आईपीओको मूल्य बढाउने विषय गलत भएको बताएका छन् ।
मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन । तर, कति मूल्य बढेको भन्ने खुलाएनन् । ‘आईपीओलाई १०० रुपैयाँबाट बढाएर आएको छ, यस्ता कुरा आएको छ यो गलत छ,’ उनले भने ।
सांसद केसीले १०० रुपैयाँमा जसले पनि आईपीओ भर्न सकिरहेको पनि बताए । त्यसबाट बढाउन ठीक नहुने उनको भनाइ छ ।