माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिको आह्वान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ ८, मंगलबार (२ महिना अघि)
  • ६२ पटक पढिएको
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिको आह्वान

माघ ८,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा यही माघ १८ गते शुक्रवार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

यसअघि हिजोको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद् अधिवेशन आह्वानका लागि सिफारिश गरेको थियो । सरकारको सिफारिशका आधारमा माघ १८ गते दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस