धरानको खानेपानीको समस्या समाधानमा प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ८, मंगलबार (२ महिना अघि)
  • ८४ पटक पढिएको
धरानको खानेपानीको समस्या समाधानमा प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता

माघ ८,काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलमा खानेपानीमन्त्री यादवले समस्या समाधानका लागि एकीकृत खानेपानीको यो वर्ष बोलपत्र अह्वान गर्ने तयारी भएको जानकारी दिए ।

लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न नसक्ने भएपछि मेयर राई खानेपानीमन्त्रीलाई भेट्न आएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस