६ महिनामा नेपालमा झन्डै ५५ सय वटा विद्युतीय गाडी आयात

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ ८, मंगलबार (२ महिना अघि)
  • ८३ पटक पढिएको
६ महिनामा नेपालमा झन्डै ५५ सय वटा विद्युतीय गाडी आयात

माघ ८,काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालमा झन्डै ५५ सय वटा विद्युतीय गाडी आयात भएका छन् ।

भन्सार विभागले हिजो सार्वजनिक गरेको गएको साउनदेखि पुससम्मको आयात–निर्यातको तथ्याङ्कानुसार ६ महिनामा ५ हजार ४ सय ८० वटा विद्युतीय चारपाङ्ग्रे गाडी आयात भएका छन् । यो गएको आर्थिक वर्षको पहिलो ६ महिनामा भन्दा धेरै हो । गएको वर्ष ६ महिनमा ५ हजार १ सय वटा विद्युतीय गाडी आयात भएका थिए ।

यस पटक आयात भएका गाडीमध्ये ५१ किलोवाटदेखि १०० किलोवाटसम्म क्षमताका गाडीको सङ्ख्या सबैभन्दा धेरै छ । ५१ देखि १०० किलोवाटका ३ हजार १ सय ९१ वटा गाडी आयात भएका छन् । विद्युतीय गाडीमा दिइएको भन्सार छुट तथा अन्य करमा समेत कमी भएकाले उपभोक्ताको आकर्षण बढेको छ ।

पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणसहित विभिन्न ब्रान्डका गाडीका नेपाली डिलर र निजी कम्पनीले पनि चार्जिङ स्टेशन बनाइरहेकाले विद्युतीय गाडीको चार्जिङमा समेत सहज भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस