सुप्रिम सहकारी ठगी: रास्वपा सभापति रवि लामिछाने बयान दिन भैरहवा पुगे !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ८, मंगलबार (२ महिना अघि)
  • ६७ पटक पढिएको
सुप्रिम सहकारी ठगी: रास्वपा सभापति रवि लामिछाने बयान दिन भैरहवा पुगे !

माघ ८,काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन्। आफूविरुद्ध दायर भएको मुद्दाबारे अदालतमा उपस्थित भएर बयान दिन उनी मंगलबार काठमाडौँबाट बुद्ध एयरको जहाजर्फत भैरहवा पुगेका हुन्।

लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक मुद्दा दर्ता भएको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा उनले जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

त्यस्तै काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा लामिछाने काठमाडौँ जिल्ला अदालतबाट ६० लाख बुझाएर रिहा भएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस