माघ ९,काठमाडौँ । सेयर बजारमा बुधबार ५२।३६ अंकको उत्साहजनक वृद्धि भएको छ। मंगलबार २ प्रतिशतले नेप्से इन्डेक्स बढेर २६ सय ६५ अंकमा पुगेको हो। एकै दिन सेयर कारोबार ९ अर्ब २० करोड भएको छ।
१९६ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको भने घटेको छ। २ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक र डोल्टी पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा बढी टर्न ओभर एनआरएन इन्फ्रास्टक्चर, नेपाल रि इन्स्योरेन्स कम्पनी, हिमालय रि इन्स्योरेन्स, सीईडीबी होल्डिङको उच्च छ।
बढी सेयर कारोबार हुनेमा निफ्रा, एचआईडीसीएल, एनआरएन, एनआरआईसीको छ। सेयर बजारका सबै क्षेत्रमा हरियाली देखिएको छ।
डेभलपमेन्ट बैंक २.७४, होटल २।७१, हाइड्रोपावर २.१२, ट्रेडिङ २.४५, इन्भेस्टमेन्ट कम्पनीको ३.८२, अन्य इन्डेक्स ४.२४ प्रतिशतले बढेको छ।