उपत्यकासहित देशभर तापक्रम बढ्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १०, बिहिबार (२ महिना अघि)
  • ४२ पटक पढिएको
उपत्यकासहित देशभर तापक्रम बढ्यो

माघ १०, काठमाडौँ । उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए । कारणबारे उनले भने, ‘लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ।’ उनले अब बढ्ने समय पनि हुन लागेको जानकारी गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस