अखिल क्रान्तिकारीका ३३ पदाधिकारीसहित ३१२ पदमा ५०० जनाको उम्मेदवारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १०, बिहिबार (२ महिना अघि)
  • ४३ पटक पढिएको
अखिल क्रान्तिकारीका ३३ पदाधिकारीसहित ३१२ पदमा ५०० जनाको उम्मेदवारी

माघ १०, काठमाण्डाैँ ।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को पदाधिकारी र सदस्यका लागि ५०० जनाको उम्मेदवारी परेको छ । माघ १२ गते हुने चुनावका लागि सार्वजनिक गरिएको मनोनयन दर्ताको प्रारम्भिक सूचिअनुसार ३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश सापकोटा, विश्वमणि थापा र योगेन्द्रबहादु बुढाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । माओवादीको केन्द्रीय नेतृत्वले अखिल क्रान्तिकारीको नेतृत्व सर्वसम्मत टुंग्याउन खोजेपनि सहमति नजुटेपछि प्रतिस्पर्धाबाटै टुंगिने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस