भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्कासित

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ १०, बिहिबार (२ महिना अघि)
  • २३ पटक पढिएको
भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्कासित

माघ १०,  काठमाडौं । भीम रावलको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै नेकपा एमाले अछामले ६ जनालाई जिम्मेवारीमुक्त गरेको छ।

जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गरी पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको भन्दै ६ जनालाई जिम्मेवारीबाट हटाएको जानकारी दिए ।

जसअनुसार जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस