माघ १०, काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ । विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरबाट बढाएर १५ हजार डलर पुर्याइएको छ, जो ३६ प्रतिशत बढी हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत माधव अधिकारीले भने, “नयाँ दर आगामी सेप्टेम्बर १, २०२५ देखि लागू हुनेछ तर यो वसन्तमा माउन्ट एभरेष्ट चढ्न चाहनेहरूले बढी शुल्क तिर्नु पर्दैन,’ उनले सिन्ह्वालाई भने।
यसैबीच नेपाल र चीनको बीचमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने योजनामा रहेकाले शरद ऋतुमा ५ हजार ५ सय डलरको सट्टा ७ हजार ५ सय डलर तिर्नुपर्नेछ । जाडो र मनसुन सिजनको शुल्क ३७५० बाट २७५० सम्म बढेको छ।