काठमाडौं । नेदरल्याण्ड्स र थाइल्याण्डविरुद्ध राष्ट्रिय महिला क्रिकेट टोलीले खेल्ने त्रिकोणात्मक टी–२० सिरिजको संशोधित खेलतालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । सिरिज माघ १७ देखि (२५ जनवरी) ३० गते (फेब्रुअरी ७)सम्म हुनेछ ।